नियम ४
सेवामा रहने समूह, उपसमूह, श्रेणी र पद
(१) सेवामा कामको प्रकृति, सो काम सम्पादन गर्न चाहिने न्यूनतम शैक्षिक योग्यता र कार्य विशिष्टता समेतको आधारमा सेवाभित्रको समान प्रकृतिका पदहरू समावेश भएका अनुसूची–१ बमोजिमका समूह तथा उपसमूहहरू रहनेछन् ।
(२) सेवामा देहायका श्रेणीहरू रहनेछन् –
(क) राजपत्रांकितः
१) विशिष्ट श्रेणी,
२) प्रथम श्रेणी,
३) द्वितीय श्रेणी र
४) तृतीय श्रेणी ।
(ख) राजपत्र अनंकितः
१) प्रथम श्रेणी,
२) द्वितीय श्रेणी,
३) तृतीय श्रेणी र
४) चतुर्थ श्रेणी ।
(३) सेवाको विशिष्ट श्रेणीमा नेपाल सरकारले तोके बमोजिमका पदहरू रहन सक्नेछन् ।
(४) समूह तथा उपसमूहमा रहने श्रेणीका र श्रेणी विहीन पदहरू अनुसूची–२ बमोजिमका हुनेछन् ।